स्वास्थ्य प्रवर्धन लागि जीवन शैली परिवर्तन

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दी 2081-01-05

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दी द्वारा आयोजना गरिएको, मंगला गा.पा.वडा नम्बर ४ को सहजिकरणमा संचालित स्वास्थ्य प्रवर्धन लागि जीवन शैली परिवर्तन कार्यक्रम तथा योग मिति २०८१\०१\०४ र ५ गतेका दिन करिब ६५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न गरियो ,उक्त कार्यक्रममा जीवन शैली परिवर्तनका बारेमा अभिमुखीकरण कविराज निरिक्षक दामोदर शर्मा र बरिष्ठ वैद्य रामप्रसाद रेग्मीले गर्नु भएको थियो, योग अभ्यास वैद्य निरिक्षक प्रेम प्रसाद गौतमले गराउनु भएको थियो ,उक्त कार्यक्रममा सहभागीहरुको सुगर र रक्तचाप परीक्षण गरि अखाद्य पदार्थ को सेवन नगर्न जानकारीसमेत गराएको थियो,