दशौ अन्तराष्टृिय याेग दिबशकाे अबशरमा सप्ताहब्यापी कार्यक्रम

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दी 2081-03-09

´´आफू र समाजका लागी याेग`` (Yoga for self & Society ) भन्ने नाराका साथ दशौ अन्तर्राष्ट्रिय याेग दिबश सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । २०८१ आषाढ ३ गते देखि ९ गते सम्म संचालित सो कार्यक्रममा प्रत्येक दिन योगाभ्यास गरिएको थियो भने ६ गते नि:शुल्क स्वास्थ्य परिक्षण तथा ७ गते मुल समाराेह समिति म्याग्दीका अधक्ष्य प्र.जि.अ. लक्ष्मण ढकालकाे अधक्ष्यता जि.सं.स प्रमुख राज कुमार थापाकाे प्रमुख आतिथ्यता जिल्ला स्थित कार्यालयका प्रमुख एवं प्रतिनिधि,संघ सस्थाका प्रतिनिधि,याेग अभियन्ता प्रत्रकार आदीकाे उपस्थीतीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका नि.कार्यालय प्रमुख दामाेदर शर्माकाे संचालन वैद्य निरिक्षक प्रेम प्रसाद गाैतमकाे सहजीकरणमा याेगकाे प्रयाेगात्मक अभ्यास गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीकाे याेग हलमा सम्पन्न भयाे ।