जीवनशैली परिवर्तन तथा भान्सा सुधार कार्यक्रम अन्तर्गत दोस्रो कार्यक्रम सम्पन्न।
यही मिति २०८१ चैत्र ८ गते रघुगङ्गा गाउँपालिका वडा नम्बर २, मैदान आमा समूहको हलमा जीवनशैली परिवर्तन तथा भान्सा सुधार कार्यक्रम अन्तरगत दोस्रो कार्यक्रम सम्पन्न भएको छ। प्रदेश आयुर्वेद चिकित्सालय बेनी म्याग्दी द्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय महिला स्वयंसेविका, आमा समूह, युवा क्लव, स्वास्थ्य सेवा र पशुसेवामा कार्यरत कर्मचारी लगायत ६० जनाको सहभागिता रहेको थियो। वडा नम्वर २ का वडाध्यक्षवाट उद्घाटन भएको कार्यक्रममा आयुर्वेद चिकित्सक डा कमलराज अधिकारी, कविराज निरिक्षक दामोदर शर्मा, वैद्य निरिक्षक प्रेम प्रसाद गौतम, वरिष्ठ वैद्य राम प्रसाद रेग्मी लगायतले सम्बन्धित विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो।
Download: जीवनशैली परिवर्तन तथा भान्सा सुधार कार्यक्रम अन्तर्गत दोस्रो कार्यक्रम सम्पन्न।
