गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय,वेनी,म्याग्दी

वेनी, म्याग्दी

नव नियुक्त कर्मचारीहरूलाई स्वागत तथा कार्यारम्भ कार्यक्रम सम्पन्न



प्रदेश आयुर्वेद चिकित्सालय, बेनी, म्याग्दीमा सेवा करारमा नियुक्त हुनुभएका ल्याव–टेक्निसियन श्री सुजन सुवेदीअभ्यंगकर्ता श्रीमती माया श्रेष्ठ लाई एक कार्यक्रमका बीच स्वागत गर्दै कार्यसफलताको शुभकामना प्रदान गरिएको छ।

चिकित्सालयको प्रयोगशाला सेवा तथा पूर्वकर्म/पञ्चकर्म सेवाको प्रभावकारी सञ्चालन र सेवाग्राहीलाई थप गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उहाँहरूलाई सेवा करारमा नियुक्त गरिएको हो।

कार्यक्रममा चिकित्सालयका कार्यालय प्रमुख तथा कर्मचारीहरूले नव नियुक्त कर्मचारीहरूलाई स्वागत गर्दै आफ्नो जिम्मेवारी इमान्दारी, अनुशासन र सेवाभावका साथ निर्वाह गर्न शुभकामना व्यक्त गर्नुभयो। नव नियुक्त कर्मचारीहरूले पनि चिकित्सालयको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आफ्नो जिम्मेवारी प्रतिबद्धताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रदेश आयुर्वेद चिकित्सालय, बेनी, म्याग्दी परिवार नव नियुक्त कर्मचारीद्वयलाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।

Download: नव नियुक्त कर्मचारीहरूलाई स्वागत तथा कार्यारम्भ कार्यक्रम सम्पन्न