प्रदेश आयुर्वेद चिकित्सालय, बेनीमा स्वर्ण विन्दु प्राशन कार्यक्रम
प्रदेश आयुर्वेद चिकित्सालय, बेनीमा स्वर्ण विन्दु प्राशन कार्यक्रम सम्पन्न
प्रदेश आयुर्वेद चिकित्सालय, बेनी, म्याग्दीमा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकाको स्वास्थ्य प्रवर्द्धन तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको स्वर्ण विन्दु प्राशन कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको छ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागबाट जारी स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका, २०८२ बमोजिम यस चिकित्सालयमा २०८३ साल श्रावण २७ गते स्वर्ण विन्दु प्राशन कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको थियो। कार्यक्रममा लक्षित उमेर समूहका ४७३ जना बालबालिकालाई स्वर्ण विन्दु प्राशन गराउनुका साथै अभिभावकहरूलाई बाल स्वास्थ्य, पोषण, सरसफाइ तथा स्वस्थ जीवनशैलीसम्बन्धी आवश्यक परामर्शसमेत प्रदान गरिएको थियो।
निर्देशिकाअनुसार स्वर्ण विन्दु प्राशन कार्यक्रम प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन नियमित रूपमा सञ्चालन गरिनेछ।
आगामी स्वर्ण विन्दु प्राशन कार्यक्रम
मिति: २०८३ साल भाद्र २३ गते, मंगलबार
समय: बिहान ७:३० बजेदेखि
स्थान: प्रदेश आयुर्वेद चिकित्सालय, बेनी, म्याग्दी
लक्षित समूह: १ वर्षदेखि ५ वर्षसम्मका बालबालिका
यसैगरी आगामी महिनाहरूमा पनि पुष्य नक्षत्रका दिन नियमित रूपमा कार्यक्रम सञ्चालन गरिनेछ। अभिभावकहरूले आफ्नो १ देखि ५ वर्षसम्मका बालबालिकालाई निर्धारित मितिमा चिकित्सालयमा उपस्थित गराई स्वर्ण विन्दु प्राशन कार्यक्रममा सहभागी गराउन सक्नुहुनेछ।
स्वर्ण विन्दु प्राशन कार्यक्रम बालबालिकाको स्वास्थ्य संरक्षण, समग्र स्वास्थ्य प्रवर्द्धन तथा आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको महत्वपूर्ण कार्यक्रम हो।
प्रदेश आयुर्वेद चिकित्सालय, बेनी, म्याग्दी
फोन नं.: ०६९–५२०२७३
आगामी कार्यक्रमका निर्धारित मितिहरू
- भाद्र २३ गते, मंगलबार
- असोज १९ गते, सोमबार
- कार्तिक १६ गते, सोमबार
- मंसिर १३ गते, आइतबार
- पुस ११ गते, शनिबार
- माघ ३ गते, शनिबार
- फागुन ७ गते, शुक्रबार
- चैत्र ४ गते, बुधबार
- २०८४ वैशाख २ गते, बुधबार
- २०८४ जेठ २५ गते, मंगलबार
- २०८४ असार २२ गते, मंगलबार
“स्वस्थ बालबालिका, स्वस्थ परिवार र समृद्ध समाज निर्माणमा आयुर्वेदको योगदान।”
Download: प्रदेश आयुर्वेद चिकित्सालय, बेनीमा स्वर्ण विन्दु प्राशन कार्यक्रम
