प्रदेश आयुर्वेद चिकित्सालय,बेनी, म्याग्दी जिल्लाको सदरमुकाम बेनी नगरपालिका वडा नं. ८ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दीको रूपमा वि. सं. २०५४ सालमा स्थापना भएको हो। देशको संघीय संरचना अनुसार यस कार्यालय गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको छ । यस कार्यालयले स्थापना देखि नै निरन्तर आयुर्वेद चिकित्सा सेवा प्रदान गर्दै आइरहेको छ । विगतमा यो कार्यालय स्वास्थ्य मन्त्रालय, आयुर्वेद विभाग अन्तर्गत सञ्चालनमा थियो भने हाल संघियता पश्चात यो कार्यालय गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय अन्तर्गत सञ्चालनमा छ । विगतमा यस कार्यालय अन्तर्गत २ वटा औषधालय सञ्चालनमा रहेकामा हाल संघियता कार्यान्वयन पश्चात ती औषधालयहरु स्थानिय तह अन्तर्गत सञ्चालनमा रहेका छन् । हाल यस जिल्ला भित्र तीन नागरिक आरोग्य केन्द्र, दुइ औषधालय र प्रदेश आयुर्वेद चिकित्सालय एक गरि, सबै ६ वटा पालिकामा आयुर्वेद सेवा सञ्चालनमा छ । यस कार्यालयमा नि:शुल्क बहिरंग सेवा निरन्तर सञ्चालित छ। यसका साथै यस कार्यालयमा विहान ५ देखि ७ बजे सम्म दैनिक योगाभ्यास गराइँदै आएको छ।
प्रदेश आयुर्वेद चिकित्सालय, बेनी, म्याग्दीमा निम्न सेवाहरू सञ्चालनमा रहेका छन्।
- ओपिडि विरामी जाँच एवं ल्याब सेवा
- पूर्वकर्म सेवा
- स्वास्थ्य प्रबर्धनका लागि दैनिक योगभ्यास
- स्तनपायी आमाहरुका लागि शतावरी वितरण
- जिल्लामा अवस्थित नागरिक आरोग्य केन्द्र सञ्चालनमा सहजिकरण
- स्थानिय तहहरुसँग समयवय गरि विभिन्न स्वास्थ्य प्रवर्धनात्मक कार्यक्रम हरु सञ्चालनमा रहेका छन्।