"गरौ योग : रहौ निरोग" भन्ने मुल नाराका साथ नवौं राष्ट्रिय योग दिवस जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, म्याग्दि बेनीको योग हलमा सम्पन्न भएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दी 2080-10-01

"गरौ योग : रहौ निरोग" भन्ने मुल नाराका साथ नवौं राष्ट्रिय योग दिवस जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, म्याग्दिको आयोजनामा केन्द्रको आफ्नै योग हलमा योगाभ्यास सहित सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र,म्याग्दीका निमित्त प्रमुख दामोदर शर्माले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र,म्याग्दी व्यवस्थापन समिति अध्यक्ष श्री जीवन बहादुर बिश्वकर्माको रहेको थियो भने म्याग्दी जिल्ला प्रमुख जिल्ला अधिकारी श्रीमान् लक्ष्मण ढकाल एवं बेनी नगरपालिका  वडा नं. ८ वडा अध्यक्ष श्री उत्तम कुमार कर्माचार्य ज्यूहरुले मन्तव्य राख्नु भएसंगै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र,म्याग्दीका प्रेम गौतमले योगाभ्यासको प्रशिक्षण दिनु भएको थियो .