वेनी नगर पालीका वडा नम्बर १ रत्नेचौरमा जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दी 2080-12-10

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बेनि म्याग्दिको आयोजना र बेनि नगरपालिका -१, रत्नेचौरको सहजिकरणमा जेस्ठ नागरिक आरोग्य सेवा कार्यक्रम अन्तर्गत बेनपा -१,रत्नेचौरको वार्ड कार्यालयमा जेस्ठ नागरिकहरूको स्वास्थ्य परिक्षण गर्नुका साथै आयुर्बेदिक औषधि बितरण गरियो।जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बेनि म्याग्दिका निमित्त कार्यालय प्रमुख दामोदर शर्माको अध्यक्षता र बेनि नगरपालिका,१ रत्नेचौरका वार्ड अध्यक्ष टेक बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रमको सन्चालन बैध्य निरीक्षक प्रेमप्रसाद गौतम र स्वागत ल्याबटेक्निसियन रजनी बिस्वकर्माले गर्नुभएको थियो।सो कार्यक्रममा पुरुष ५७ र महिला ७० गरि जम्मा १२७ जना जेस्ठ नागरिकहरुले सेवा लिनुभएको थियो।